जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेशुक्रबार, साउन ४, २०८१

प्रधानमन्त्री ओलीलाई मोदीको औपचारिक बधाई पत्र शुक्रबार, साउन ४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक बधाई पत्र पठाएका छन्। मंगलबार भारतीय प्रधानमन्त्री मोदीले दुई पृष्ठ लामो पत्र लेखेर प्रधानमन्त्री ओलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीले दियो १० बुँदे सुझाव शुक्रबार, साउन ४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ।शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो।

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने शुक्रबार, साउन ४, २०८१ बिहीबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।

सोमबार प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने शुक्रबार, साउन ४, २०८१ प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य र प्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो।
-1716205509.jpg)
नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक बिहीबार, साउन ३, २०८१ आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

मधेसमा कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ बिहीबार, साउन ३, २०८१ मुख्यमन्त्री सिंहले १ मन्त्रालय मात्रै दिन सक्ने बताएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले रानी शर्मा तिवारीलाई मन्त्रीको लागि नाम सिफारिस गरेका हुन्। सरकारमा सहभागी हुने र मन्त्री पठाउने विषयमा केन्द्रबाटै निर्णय भएको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए।

मन्त्रिपरिषद्का पाँच समिति गठनः आर्थिक समिति संयोजक पौडेल, विधेयक समितिमा लेखक बिहीबार, साउन ३, २०८१ मन्त्रिपरिषद् मातहतका पाँच समिति र संयोजक तय भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रिपरिषद्का विभिन्न समिति गठन गरी तिनका संयोजक तोकेको हो।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त बिहीबार, साउन ३, २०८१ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो। रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय बिहीबार, साउन ३, २०८१ पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने बिहीबार, साउन ३, २०८१ नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ। अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो।

प्रतिनिधिसभाको १५ दिने क्यालेन्डरः ६ वटा बैठक सञ्चालन गर्ने निर्णय बिहीबार, साउन ३, २०८१ संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ।सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन्।

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली बिहीबार, साउन ३, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारीसमेत गरेका छन्।