प्रतिनिधिसभाको १५ दिने क्यालेन्डरः ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं— संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ।
सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन्।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ६, ७ र ८ गते लगातार तीन दल संसद् बैठक बस्नेछ। ९, १० र ११ संसदीय समितिहरूको बैठकका लागि समय छुट्याइएको छ।
१३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेछ। उनका अनुसार भोलि कार्यव्यवस्था परामर्श समितिले यसलाई अनुमोदन गर्नेछ।
बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरूमा रिक्त सदस्य छिटो पदपूर्ति गर्न र संयुक्त समितिको सभापति छिटो चयन गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १५:१४