News Griha :: न्यूजगृह
नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुने छन्।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:३१
Weather Update