बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने

मकवानपुर— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।
राप्रपाका बागमती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ ०७:३३