दुई वर्षपछि देउवा प्रधानमन्त्रीआइतबार, साउन ६, २०८१

कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक आइतबार, साउन ६, २०८१ प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन्।

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ : प्रधानमन्त्री आइतबार, साउन ६, २०८१ प्रतिनिधिसभामा शनिबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताए। उनले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पारे।

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौंः देउवा आइतबार, साउन ६, २०८१ उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्ने विश्वासको व्यक्त गरे। उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए।

मुलुक चरम निराशामा छ, उत्साह भर्दै आर्थिक वृद्धि गराउँछु : प्रधानमन्त्री आइतबार, साउन ६, २०८१ 'ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पुग्ने अवस्था छ। सरकार स्टन्टबाज भयो। सरकार थुन्ने अनि सुन्ने काम भयो भन्ने कुरा लिएर व्यवसायीहरूले काम गर्ने अवस्था नै भएन। व्यवसायीहरू मरीच झैँ चाउरिएका छन्,' प्रधानमन्त्री ओलीले भने, 'त्यसैले जनतामा आशा र उत्साह भर्नका लागि तीव्र आर्थिक वृद्धिका लागि लगेको हो।'

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने आइतबार, साउन ६, २०८१ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन्।

बागमतीमा कांग्रेसका लामा मुख्यमन्त्री बन्दै आइतबार, साउन ६, २०८१ बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।आइतबार बसेको कांग्रेस बागमती प्रदेशको बैठकले सर्वसम्मत रुपमा संसदीय दलका नेता लामाको नेतृत्वमा प्रदेशमा सरकार बनाउने निर्णय गरेको हो।
कांग्रेसले संसद्मा माग्यो उपसभामुखको राजीनामा आइतबार, साउन ६, २०८१ कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसद्को नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप आइतबार, साउन ६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता आइतबार, साउन ६, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्वीप आइतबार, साउन ६, २०८१ प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्वीप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए।

उपसभामुखको बचाउमा रास्वपा, भन्यो– आर्थिक लेनदेन भएको तथ्यगत आधार देखिँदैन आइतबार, साउन ६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकिर गरेको छ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै आइतबार, साउन ६, २०८१ बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।