News Griha :: न्यूजगृह
कांग्रेसले संसद्मा माग्यो उपसभामुखको राजीनामा
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसद्मा उठाएको छ।

कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्वजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसद्को नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए।

उनले उपसभामुख रानालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

उनले संसद् र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए। 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:३४
Weather Update