बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तमंगलबार, साउन ८, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सहमति नजिक मंगलबार, साउन ८, २०८१ शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दल सहमति नजिक पुगेको नेताहरूले बताएका छन्। सहमति हुन बाँकी चार विषयमध्ये दुई बुँदामा सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले जानकारी दिए।

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार मंगलबार, साउन ८, २०८१ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८:३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस मंगलबार, साउन ८, २०८१ ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमालेसँग ६४ सांसद छन्। प्रदेश सभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

बागमतीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम मंगलबार, साउन ८, २०८१ एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो।

प्रदेश सरकार फेरबदलः बागमतीमा कांग्रेसका लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्दै मंगलबार, साउन ८, २०८१ बागमती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले मुख्यमन्त्रीमा आज दाबी पेस गर्ने भएका छन्। प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले नेकपा एमालेको समर्थनमा बिहान ११ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।

सुदूरपश्चिममा आज प्रदेश सभाको विशेष अधिवेशन मंगलबार, साउन ८, २०८१ नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरूले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुने भएको छ।प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए।

प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने मंगलबार, साउन ८, २०८१ प्रतिनिधि सभाको बैठक मङ्गलबार दिउँसो १ बजे बस्दैछ। बैठकमा विभागीय मन्त्रीहरूले सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ।स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त सोमबार, साउन ७, २०८१ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो।

कर्णाली सरकारबाट समर्थन फिर्ता लियो माओवादीले सोमबार, साउन ७, २०८१ माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस सोमबार, साउन ७, २०८१ नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

संसद्मा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिऊँ : प्रधानमन्त्री ओली सोमबार, साउन ७, २०८१ उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए। संसद्मा आफूले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन्।

प्रधानमन्त्री ओली र वर्षमान पुनबीच संसद्मा भनाभन सोमबार, साउन ७, २०८१ संसद्मा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसद्मा बोलेका कुरालाई संसद्मा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुष्टी व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए।