News Griha :: न्यूजगृह
संसद्मा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिऊँ : प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा झुटको सहारा नलिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसद्मा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरूलाई आग्रह गरेका हुन्।

उनले आइतबार संसद्मा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसद्मा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्।

उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए। संसद्मा आफूले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन्। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:५९
Weather Update