माओवादीले बोलायो पदाधिकारी बैठकबुधबार, साउन ९, २०८१

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : प्रचण्ड बुधबार, साउन ९, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताएका छन्।

एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा बुधबार, साउन ९, २०८१ आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले बताए। ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन,’ उनले भने।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बुधबार, साउन ९, २०८१ बैठक साउन १० गते बिहीबार बिहान ११ बजे बोलाइएको हो।

हत्या आरोपितलाई कांग्रेसले बनायो मन्त्री बुधबार, साउन ९, २०८१ कुर्मीले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुन्।
![लुम्बिनीमा मन्त्रीहरूले पनि लिए शपथ, को–को बने मन्त्री ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/78-01-1721793703.jpg)
लुम्बिनीमा मन्त्रीहरूले पनि लिए शपथ, को–को बने मन्त्री ? [सूचीसहित] बुधबार, साउन ९, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री आचार्यले लिए शपथ, लीला गिरी अनुपस्थित बुधबार, साउन ९, २०८१ एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार बुधबार, साउन ९, २०८१ पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।

लुम्बिनीमा कांग्रेस-एमालेले टुङ्गाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने बुधबार, साउन ९, २०८१ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदै छन्। आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ।

बागमतीका मुख्यमन्त्री लामाको शपथ आज, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने बुधबार, साउन ९, २०८१ बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नाउपाले लुम्बिनीमा फेर्यो संसदीय दलको नेता मंगलबार, साउन ८, २०८१ संसदीय दल नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद् सचिवालयमा गराइएको छ।

हक्की स्वभावका ‘ठेकेदार’ मुख्यमन्त्री मंगलबार, साउन ८, २०८१ नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनाका लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका हुन्। बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका हुन्। उनी नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्यसमेत हुन्।

संसद्का विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर मंगलबार, साउन ८, २०८१ सङ्घीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन्।