News Griha :: न्यूजगृह
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक साउन १० गते बिहीबार बिहान ११ बजे बोलाइएको हो।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:०९
Weather Update