लुम्बिनी
मुख्यमन्त्री आचार्यले लिए शपथ, लीला गिरी अनुपस्थित

बुटवल— लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन्।
सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन्। आचार्य एमाले संसदीय दलको उपनेता हुन्।
मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए।
दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यमन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन्।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन्।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ ०९:२८