सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको पहिलो पटक पदाधिकारी बैठक बस्दैशुक्रबार, साउन ११, २०८१

नाउपा विवादः लुम्बिनीमा धर्मबहादुर चौधरी नै दलको नेता कायम शुक्रबार, साउन ११, २०८१ नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक रेशम चौधरी पक्षले लुम्बिनी प्रदेशमा दलको नेता परिवर्तन गर्ने गरेको निर्णय प्रदेश सभाले अस्वीकृत गरिदिएको छ। प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पार्टीको बैठक र निर्णयमाथि नै आशङ्का व्यक्त गरेका छन्। उनले पार्टीको निर्णय अस्वभाविक देखिएको भन्दै दलको नेता फेर्ने सिफारिस फिर्ता गरिदिएका हुन।

बागमतीमा मन्त्रिपरिषद् विस्तार: १३ मन्त्रीको कार्यविभाजन शुक्रबार, साउन ११, २०८१ बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्।बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन्।

रास्वपाले उपसभामुखलाई कारबाही नगर्ने बिहीबार, साउन १०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने एजेन्डा बिहीबार, साउन १०, २०८१ आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक जारी बिहीबार, साउन १०, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु बिहीबार, साउन १०, २०८१ यसअघि असार २१ गते सकिएको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन्।
-1721103980.jpg)
कांग्रेस–एमालेबीच राजदूत नियुक्तिमा भागबन्डा बिहीबार, साउन १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन्।प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बिहीबार, साउन १०, २०८१ बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै बिहीबार, साउन १०, २०८१ महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो। बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

तीन वटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक बुधबार, साउन ९, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्।

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे आज निर्णय भएन बुधबार, साउन ९, २०८१ निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ।बुधबार बसेको समितिको बैठकमा प्रधानबारे समितिले गोप्य बैठकमा छलफल गरेको थियो। तर उनको नियुक्तिबारे कुनै निर्णय गरेन।

बागमतीमा कांग्रेस र एमालेबाट कोको भए मन्त्री? बुधबार, साउन ९, २०८१ एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको सपथ लिएका छन्।