रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बिहीबार मध्यान्ह बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
बैठकको सुरुवातमा प्राकृतिक प्रकोप र दुर्घटनाबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको रास्वपाले जनाएको छ।
बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुने छ। विधान संशोधन, विभाग प्रमुख मनोनयन लगायत विषय एजेन्डामा राखिएका छन्।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १३:१२