बागमतीमा कांग्रेस र एमालेबाट कोको भए मन्त्री?

हेटौँडा— बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूले शपथ लिएका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।
उनीहरूको जिम्मेवारी पछि तोकिनेछ। त्यस्तै एमालेका ६ मन्त्रीले पनि शपथ लिएका छन्।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको सपथ लिएका छन्।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १५:१९