News Griha :: न्यूजगृह
रास्वपाले उपसभामुखलाई कारबाही नगर्ने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ।

बिहीबार केन्द्रीय समिति बैठकपछि बोल्दै रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले भने, ‘त्यो पत्रबारे हामीले आफ्नो स्रोतबाट बुझ्यौँ। अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ।’ 

सिफारिसमा परेका व्यक्तिले त्यसको सुविधा उपभोग समेत नगरेको भन्दै उनले पत्रमा गलत आशय पनि नदेखिएको टिप्पणी गरे।

‘सिफारिस गरिएका कसैले पनि त्यसको सुविधा नपाएको, कार्यान्वयनमा त्यो पत्र कतै पनि नगएको, अनि अभियोग लगाइएको जस्तो आर्थिक चलखेल पनि कतै नभएको,’ झाले भने, ‘हामीले सबै चिज बुझ्यौँ। यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन।’

पत्रको पनि कतै गलत प्रभाव नपरेकाले पार्टीले उपसभामुखलाई कारबाही नगर्ने उनको भनाइ छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:२८
Weather Update