News Griha :: न्यूजगृह
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ।

महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो। बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने एक नेताले बताए।

रानाले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन्। त्यसबाट उनी विवादमा तानिएकी थिइन्। रास्वपाले उनको बचाउ गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०७:२९
Weather Update