सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको पहिलो पटक पदाधिकारी बैठक बस्दै

काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।
शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक हो।
बैठकमा पछिल्लो केन्द्रीय समिति बैठकयताका समग्र परिस्थितिको समीक्षा हुने र आगामी कामबारे छलफल हुने सापकोटाले जानकारी दिए।
त्यस्तै नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थिति, शान्ति प्रक्रिया र पार्टीको सङ्गठनलाई सुदृढ बनाउने विषयमा छलफल हुने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १०:३४