News Griha :: न्यूजगृह
आज मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने एजेन्डा 
फाइल तस्बिर।

काठमाडौं— आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:४६
Weather Update