एमाले लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

बुटवल— नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन्।
आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेको गिरीले बताए। ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन,’ उनले भने।
मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए।
महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन्।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १०:१९