News Griha :: न्यूजगृह
लुम्बिनीमा मन्त्रीहरूले पनि लिए शपथ, को–को बने मन्त्री ? [सूचीसहित]

बुटवल— लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रदेशका अन्य ९ जनालाई मन्त्री नियुक्त गरेका थिए। 

नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी, जन्मजय तिमिल्सिना र सरोज थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

त्यस्तै, एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुङ्गो लागेको छैन। मन्त्रालय टुङ्गो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका थिए।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:४७
Weather Update