News Griha :: न्यूजगृह
लुम्बिनीमा कांग्रेस-एमालेले टुङ्गाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बुटवल— लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदै छन्। आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ।

त्यस्तै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम पनि टुङ्गाएका छन् ।

एमालेबाट रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारू मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन्। 

त्यसैगरी नेपाली कांग्रेसले पनि मन्त्री बुन्नेहरूको नाम पनि टुङ्गो लगाएको छ। कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ।

मन्त्रीहरूलाई कुनकुन मन्त्रालय दिने भन्ने टुङ्गिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ।  

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०८:०६
Weather Update