News Griha :: न्यूजगृह
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेस

काठमाडौं— नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेस गरेका हुन्। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ।

एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो। अर्घाखाँची १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए।

नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतबार सम्बोधन गर्दै राजीनामा दिए थिए। 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:२७
Weather Update