कर्णाली सरकारबाट समर्थन फिर्ता लियो माओवादीले

काठमाडौं— नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन्।
माओवादीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूले पनि सोमबार नै राजीनामा दिइसकेका छन्।
अब कर्णाली प्रदेशमा पनि केन्द्रकै समीकरणअनुसार एमाले-कांग्रेस सरकार निर्माण हुनेछ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ २०:४१