सुदूरपश्चिममा आज प्रदेश सभाको विशेष अधिवेशन

कैलाली— नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरूले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुने भएको छ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए।
प्रदेश प्रमुखको आह्वान अनुसार मङ्गलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको जानकारी दिए। यो बाहेक मङ्गलबारको बैठकमा थप गतिविधि तय भएका छैनन्।
नेकपा एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१र८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ ०८:१८