News Griha :: न्यूजगृह
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

काठमाडौं— बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिं लामा नियुक्त भएका छन्।

मङ्गलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लामाले आज नै बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन छ।

मुख्यमन्त्री लामाले भोलि बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने पनि बताइएको छ। 

१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:२९
Weather Update