News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली र वर्षमान पुनबीच संसद्मा भनाभन

काठमाडौं—  प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भनाभन भएको छ।

संसद्मा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसद्मा बोलेका कुरालाई संसद्मा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुष्टी व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडि आएका विषयमा आफूले जवाफ दिएको उनले बताए। उनले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए।    

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:५२
Weather Update