कांग्रेस संसदीय दलको बैठक बस्दैआइतबार, साउन ६, २०८१

लुम्बिनीका मुख्मन्त्रीले आज विश्वासको मत लिँदै आइतबार, साउन ६, २०८१ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, त्यसअघि देशवासीका नाममा सम्बोधन आइतबार, साउन ६, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस, सरकारको नेतृत्वलाई लिएर लामा र बानियाँबीच विवाद शनिबार, साउन ५, २०८१ नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेकपा एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो।

लुम्बिनीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने शनिबार, साउन ५, २०८१ लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्।आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी दिए।

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने शनिबार, साउन ५, २०८१ बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची रहेको छ।

कांग्रेस मुख्य सचेतकमा घिमिरे शनिबार, साउन ५, २०८१ नेपाली कांग्रेसको मुख्य सचेतकमा श्यामकुमार घिमिरे तोकिएका छन्।

भोलि प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, कुनकुन दलले गर्दै छन् पक्षमा मतदान? शनिबार, साउन ५, २०८१ प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन्। संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ‘ह्वीप’ शनिबार, साउन ५, २०८१ एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिबार पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन्।

ईश्वर पोखरेलको खुलासाः आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस–एमाले गठबन्धन बन्यो शनिबार, साउन ५, २०८१ नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस–एमालेको सरकार बनेको बताएका छन्। कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन्।

कांग्रेसले बोलायो संसदीय दलको बैठक शनिबार, साउन ५, २०८१ बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठक आइतबार मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

जनमतले पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने शुक्रबार, साउन ४, २०८१ जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।

प्रतिपक्षी तीन नेताको निष्कर्ष: ओलीलाई संविधान विपरित प्रधानमन्त्री बनाइयो शुक्रबार, साउन ४, २०८१ तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संविधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन्।