कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं— नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ। बैठक आइतबार मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा सरकार, संसद् र समसामयिक विषयमा छलफल हुनेछ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ ०९:१६