News Griha :: न्यूजगृह
प्रतिपक्षी तीन नेताको निष्कर्ष: ओलीलाई संविधान विपरित प्रधानमन्त्री बनाइयो

काठमाडौं— तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संविधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन्।

शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरूले संविधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन्।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान मिचेर सरकार गठन भएको बताउँदै यस बारे संसद्मा कुरा उठाउने बताए। उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले बताए।

उपमहासचिव पुनले संविधान मिचिएको सहित भ्रष्टाचारका विषयहरू संसद्मा सशक्त रूपमा उठाउने बताए।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:२१
Weather Update