News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विश्वासको मत लिने भएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:३९
Weather Update