News Griha :: न्यूजगृह
कांग्रेस मुख्य सचेतकमा घिमिरे

काठमाडौं— नेपाली कांग्रेसको मुख्य सचेतकमा श्यामकुमार घिमिरे तोकिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई मुख्य सचेतक मनोनीत गरेका हुन्।

यसअघि रमेश लेखक मुख्य सचेतक थिए। उनी गृहमन्त्री बनेपछि असार ३१ गतेदेखि मुख्य सचेतक पद रिक्त थियो।

रिक्त रहेको पदमा घिमिरेलाई मनोनीत गरिएको सभापति देउवाको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:४८
Weather Update