बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

हेटौँडा— नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन्।
आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए।
‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ। दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ,’ ढकालले भने।
यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १३:४८