News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो। रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए।

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्। खतिवडा पूर्वअर्थमन्त्री हुन्। 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:०७
Weather Update