News Griha :: न्यूजगृह
सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

काठमाडौं— सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन्।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरि मनोनयन गरेको हो।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ। मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ।

बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:२४
Weather Update