News Griha :: न्यूजगृह
फेरि फुट्यो वैद्य नेतृत्वको पार्टी

काठमाडौं— मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी एककीरण भएको १६ महिनापछि विभाजन भएको हो।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो।

एकतापछि पार्टीको सहसंयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै पार्टी एकता असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन्।

उनले पार्टीलाई सुदृढ गर्न कयौँ प्रयास गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन्। 

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:२०
Weather Update