आरजुले सम्हालिन् परराष्ट्रमन्त्रीको जिम्मेवारी

काठमाडौं— नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जिम्मेवारी सम्हालेकी छिन्।
सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणपछि सिंहदबारस्थित मन्त्रालय पुगेर मन्त्रालयको कार्यभार सम्हालेकी हुन्।
पहिलोपटक मन्त्री बनेकी उनी पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी समेत हुन्।
कार्यभार सम्हाल्दै उनले नेपालको विभिन्न देशसँगको सम्बन्ध सुदृढीकरणमा जोड दिने बताइन्। साथै विदेशमा रहेका धेरै नेपालीहरुले दुःख पाइरहेको आफूले देखेका कारण उनीहरुको लागि समन्वय गरेर सहजता प्रदान गर्ने बताइन्।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १६:५२