कृषि मन्त्रालयमा कर्मचारीको धर्ना, नवनियुक्त मन्त्रीले पाएनन् कार्यभार सम्हाल्न
-1721040250.jpg)
काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज पनि विभिन्न माग राखेर कर्मचारीहरुले धर्ना दिएका छन्।
अन्य मन्त्रालयहरुमा नयाँ मन्त्रीहरुलाई स्वागत गर्न कर्मचारीहरु फूलमाला लिएर स्वागतमा बसे पनि कृषि मन्त्रालयका कर्मचारीहरु भने धर्नामा छन्।
नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारी शीतल निवासमा शपथग्रहणपछि कार्यभार सम्हाल्न सिंहदबारस्थित मन्त्रालय पुगे। तर मन्त्रालयको मूलगेटमै कर्मचारीहरुको धर्नाका कारण उनी त्यहाँबाट फर्किनुपरेको छ।
त्यहाँ केहीबेर कर्मचारीहरुको कुरा सुनेर नवनियुक्तमन्त्री प्रधानमन्त्री कार्यालयतर्फ लागेका छन्।
कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार संघमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन्।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १६:३०