मधेसका ८ राज्यमन्त्री बर्खास्त मंगलबार, साउन २९, २०८१

कर्मचारीको तलब बढाउन सरकारले थाल्यो गृहकार्य मंगलबार, साउन २९, २०८१ सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन/निर्धारण लागू गर्न/गराउन असार १० मा परमादेश जारी गरेको थियो। त्यही आधारमा सरकारले कर्मचारीको तलबमान बढाउन मन्त्रिपरिषद्मा छलफल भएको एक मन्त्रीले जानकारी दिए।

१८ देशका राजदूतको संसदीय सुनवाइ आजबाट मंगलबार, साउन २९, २०८१ संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन्।

टीआरसी विधेयक आज प्रतिनिधिसभामा पेस हुने मंगलबार, साउन २९, २०८१ प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

रास्वपा संसदीय दलको बैठक आज मंगलबार, साउन २९, २०८१ सो बैठकअघि बिहान साढे १० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो। प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
-1716205509.jpg)
कांग्रेस बैठक भदौ ७ सम्म स्थगित सोमबार, साउन २८, २०८१ साउन २३ गतेदेखि विभिन्न ११ वटा प्रस्तावमा छलफल भइरहेको बैठक स्थगित गरिएको हो।

उपनिर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल सोमबार, साउन २८, २०८१ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।

१८ देशका लागि सिफारिस राजदूतको सुनुवाइ भोलिदेखि सोमबार, साउन २८, २०८१ बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ। सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

परराष्ट्रमन्त्रीले भारतीय विदेश सचिवसँग उठाइन् नेपाललाई थप 'हवाई रुट'को विषय सोमबार, साउन २८, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार शिष्टाचार भेट गरेका छन्। भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।

रास्वपाले बोलायो संसदीय दलको बैठक सोमबार, साउन २८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान साढे १० बजे बैठक बोलाइएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने सोमबार, साउन २८, २०८१ विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन्।

प्रचण्डले नेतृत्व छोडनु पर्ने माग आएपछि माओवादी बैठक ४ घण्टा पछि सरियो सोमबार, साउन २८, २०८१ गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर, शीर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घण्टा पछि सरेको हो।
-1716205509.jpg)
कांग्रेस बैठकः ११ बुँदे प्रस्तावमाथि छलफल जारी‚ भोलि बिहान ११ बजे बस्ने आइतबार, साउन २७, २०८१ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गते सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।