News Griha :: न्यूजगृह
कांग्रेस बैठकः ११ बुँदे प्रस्तावमाथि छलफल जारी‚ भोलि बिहान ११ बजे बस्ने

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गते सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङगेलु शेर्पा, दिनेशकुमार यादव, उदयशमशेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरू डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राखेका थिए।

केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २१:४७
Weather Update