News Griha :: न्यूजगृह
१८ देशका राजदूतको संसदीय सुनवाइ आजबाट

काठमाडौं— केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आज देखी सुनवाई सुरु हुने भएको छ। 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलबार देखि सुरु हुन लागेको हो।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन्।

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ। उनका अनुसार दिउँसो साढे १२ बाट सुरु हुनेछ। 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:४७
Weather Update