जनतामा निराशा आउन दिनुहुँदैनः गगन थापाशनिबार, साउन २६, २०८१

देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्दि हासिल हुन सक्दैन्: प्रधानमन्त्री शनिबार, साउन २६, २०८१ ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन्।

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः महामन्त्री शर्मा शनिबार, साउन २६, २०८१ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जलि दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।

माओवादी स्थायी समिति बैठक आज पनि शनिबार, साउन २६, २०८१ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि जारी रहने भएको छ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

भारतीय विदेश सचिव आइतबार नेपाल आउने शुक्रबार, साउन २५, २०८१ भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार आउने भएका छन्।

मधेसका मुख्यमन्त्री सिंहलाई जनमतले सोध्यो स्पष्टीकरण, पार्टीसँग समन्वय नगरेको आरोप शुक्रबार, साउन २५, २०८१ जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो।

सुदूरपश्चिममा प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्रीले विश्वासका मत लिने शुक्रबार, साउन २५, २०८१ यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर सङ्कलन सम्बन्धी अध्यादेश जारी गरेको थियो।

टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने शुक्रबार, साउन २५, २०८१ सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ।प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।
-1716205509.jpg)
मन्त्री नपाउँदा लुम्बिनीका कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा शुक्रबार, साउन २५, २०८१ लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्।तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए। ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने।

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि शुक्रबार, साउन २५, २०८१ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, साउन २४, २०८१ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

संसदीय समितिबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित, अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरिने बिहीबार, साउन २४, २०८१ समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले प्रस्ताव पेस गरेको थियो।

कांग्रेसका दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि बिहीबार, साउन २४, २०८१ केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो।