News Griha :: न्यूजगृह
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

काठमाडौं— सरकारले यही साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताए।

मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:००
Weather Update