सुदूरपश्चिममा प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्रीले विश्वासका मत लिने

धनगढी— सुदूरपश्चिम सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन्।
यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए। तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर सङ्कलन सम्बन्धी अध्यादेश जारी गरेको थियो।
आज पुनः सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त भएका थिए। उनले विश्वासको मत लिन बाँकी रहेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १६:४६