सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेशबिहीबार, साउन २४, २०८१

६ वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, साउन २४, २०८१ सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ४ र राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठक बिहीबार बस्दैछ।बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ। कानुन, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ।

काठमाडौंमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह बिहीबार, साउन २४, २०८१ मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो। बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत...

बंगलादेशमा विकशित घटनाक्रमबारे नेपालले भन्यो- उदार जनता सङ्क्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन् बिहीबार, साउन २४, २०८१ नेपाल सरकारले बंगलादेशका जनतालाई शान्त र संयम रहन अपिल गर्दै व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फिर्तीका लागि जोड दिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाएको छ।

कांग्रेस महासमिति बैठकका दस्तावेज साढे पाँच महिनापछि पारित बुधबार, साउन २३, २०८१ महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अलगअलग प्रतिवेदनहरू पेस गरेका थिए। महासमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल र सुझावहरू सङ्कलन भएपनि सुझावहरू प्रतिवेदनमा समेटिएको थिएन।

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ? बुधबार, साउन २३, २०८१ सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।

शान्ति प्रक्रियाको अन्तिम किस्ताको रुपमा टीआरसीमा सहमति कोशेढुङ्गा सावित हुन्छ: प्रधानमन्त्री ओली बुधबार, साउन २३, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो।

टीआरसी सम्बन्धी कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन बुधबार, साउन २३, २०८१ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बुधबार, साउन २३, २०८१ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सुरु हुँदैछ। बैठक पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे सुरु हुनेछ।बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ।

टीआरसी विधेयक प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै बुधबार, साउन २३, २०८१ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ।बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेशमा सत्ताको चरम दुरुपयोग: मधेसमा १२ मन्त्रालय, २० मन्त्री बुधबार, साउन २३, २०८१ मधेस प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय पुर्याएका छन्।प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ।
-1722959836.jpg)
अब माओवादी सरकारतिर फर्किंदैन, म प्रधानमन्त्री हुन्न : प्रचण्ड मंगलबार, साउन २२, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अब सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्।विराटनगरमा मंगलबार कोशी प्रदेशका नेता तथा कार्यकर्ताको भेलामा पार्टी सत्तामुखी भएकाले सङ्गठन कमजोर भएको भन्ने प्रश्न उठेपछि प्रचण्डले आगामी दिनमा माओवादी पार्टीले अब पार्टी निर्माणमै ध्यान दिने बताएका हुन्।

मधेसमा जम्बो मन्त्रिपरिषद्, थपिए पाँच राज्यमन्त्री मंगलबार, साउन २२, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन्।मन्त्रालयको सङ्ख्या १२ रहेको मधेस प्रदेशमा मन्त्रिपरिषद्को सङ्ख्या २० पुगेको छ। यो मधेसमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद् हो।