कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि
-1716205509.jpg)
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सुरु हुँदैछ। बैठक पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे सुरु हुनेछ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ।
बैठकले उपसभापति र महामन्त्रीद्वयको राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ।
सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने परियारले बताए।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ०८:३६