News Griha :: न्यूजगृह
सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली
सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन- प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन्।मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउँदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन्।
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुवा ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शीर्ष नेताले समय नदिँदा कार्यदलले टीआरसी प्रतिवेदन बुझाउनै सकेन
शीर्ष नेताले समय नदिँदा कार्यदलले टीआरसी प्रतिवेदन बुझाउनै सकेन शीर्ष नेताले समय नदिँदा प्रतिवेदन बुझाउन ढिलो भएको हो। मङ्गलबार प्रतिवेदन बुझाउने तयारी भए पनि तीन दलका शीर्ष नेताको समय मिलेको छैन। सोमबार पनि प्रतिवेदन बुझाइने तयारी थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले कार्यदलले  प्रतिवेदन बुझाउन सकेन।
कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित [सूचीसहित]
कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित [सूचीसहित] नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन् ।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन्।
संसद्मा सोबिता गौतमको गुनासो— निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो
संसद्मा सोबिता गौतमको गुनासो— निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्।
सरकार निरङ्कुश बन्न खोज्यो- सांसद सापकोटा
सरकार निरङ्कुश बन्न खोज्यो- सांसद सापकोटा प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरङ्कुश बन्न खोजेको आशङ्का व्यक्त गरेका हुन्।
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित एक ब्याङ्क्वेटमा बस्ने गरी आह्वान गरिएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।
माधव नेपालकै गृह जिल्लामा नेकपा एस कमजोर, पूर्वराज्यमन्त्री यादवसहित २० जना एमालेमा फर्किए
माधव नेपालकै गृह जिल्लामा नेकपा एस कमजोर, पूर्वराज्यमन्त्री यादवसहित २० जना एमालेमा फर्किए रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो झट्का लागेको छ।मधेस प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना आइतबार नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै सोही अनुरूप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले जानकारी दिए।
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद्लाई पनि आजै पूर्णता दिने तयारी
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद्लाई पनि आजै पूर्णता दिने तयारी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन्।आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपरान्ह ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।
संघीय संसद्का दुवै सदनको बैठक आज
संघीय संसद्का दुवै सदनको बैठक आज संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक सवा २ मा बस्नेछ।प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
Weather Update