News Griha :: न्यूजगृह
सरकार निरङ्कुश बन्न खोज्यो- सांसद सापकोटा
फाइल तस्बिर।

काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकार निरङ्कुश बन्न खोजेको आशङ्का व्यक्त गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरङ्कुश बन्न खोजेको आशङ्का व्यक्त गरेका हुन्।

सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र रिपोर्टको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अहिलेका सार्वजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरूलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:००
Weather Update