मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं—मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुवा ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई–मधेस द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ०९:५०