ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्तशुक्रबार, साउन १८, २०८१

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, पठायो मन्त्रीको नाम शुक्रबार, साउन १८, २०८१ नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलले प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको छ।प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको हो।

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ: मुकुल ढकाल शुक्रबार, साउन १८, २०८१ सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूलमन्त्र सहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा शुक्रबार, साउन १८, २०८१ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ।पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बस्न लगोको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने शुक्रबार, साउन १८, २०८१ सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो।

बालेन भन्छन्— धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु बिहीबार, साउन १७, २०८१ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन्। काठमाडौं महानगरपालिका ८ को प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै उनले भाषण गर्नेभन्दा पनि काम गर्नेमा आफ्नो प्राथमिकता रहेको बताए।

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण बिहीबार, साउन १७, २०८१ उक्त निर्णय भएपछिको अद्यावधिक विवरण बिहीबार निर्वाचन आयोगमा बुझाइएको रास्वपाले जनाएको छ। रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रुपमा सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रुपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको छ।

एमालेले कुन नेतालाई के जिम्मेवारी दियो ? बिहीबार, साउन १७, २०८१ नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेतालाई जिम्मेवारी तोकेको छ।बिहीबार बसेको सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्षमा मनोनित गरेको छ भने मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ।

एमालेमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर बिहीबार, साउन १७, २०८१ नेकपा एमालेमा प्रदेश इन्चार्जहरूले फेरिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।

गुरु बराल एमाले उपाध्यक्षमा मनोनीत बिहीबार, साउन १७, २०८१ बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

डीआईजी केसीको सरुवा नियमित प्रक्रिया हो, सामान्य रुपमा लिनुपर्छ : गृहमन्त्री बिहीबार, साउन १७, २०८१ गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरे।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार बिहीबार, साउन १७, २०८१ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

राप्रपा जिल्ला अध्यक्षहरूको भेला जारी बिहीबार, साउन १७, २०८१ पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ। जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।