एमालेमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

काठमाडौं— नेकपा एमालेमा प्रदेश इन्चार्जहरूले फेरिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।
पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्। बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन्।
कोशीको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, बागमतीमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए। बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इन्चार्जको जिम्मेवारीबाट हटेका हुन्।
सचिवहरू गोकर्ण, योगेश, रघुवीर र छविलाल विश्वकर्माले भने चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका हुन्।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १६:३९